गाउँमै बैंक संचालन भएपछि किसनलाई पैसा बचत गर्न सहजः राज्य मन्त्री मण्डल

रिपोर्ट नेपाल | 2020 Oct 21 | 08:28 am 3065

  • महेश सिंह

सिरहा, कात्तिक ५ः सिरहाको कल्याणपुर नगरपालिका ५ चिकना बजारमा ग्लोबल आईएमई बैंकको शाखा उदघाटन समारोह सम्पन्न भएको छ । मां जलपा ईन्टरपा्रईजेज कम्पनीबाट सम्झौता गरी ग्लोबल आईएमई बैंक शाखा मिर्चैयाबाट सम्झौता गरी बैंक शाखा संचालन गरेको चिकना बजार शाखाका संचालक कुशेश्वर साह पंजियारले बताए ।

No description available.

यस शाखाबाट कल्याणपुर नगरपालिका ५ र ६ का स्थानीय जनताहरु लभाम्बित हुने संचालक पंजियारले बताए ।

उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा वन तथा वतावरण राज्य मन्त्री सुरेश मण्डल रहेको थियो । कार्यक्रममा राज्य मन्त्री मण्डलले भने गाउँमै बैंक संचालन भएपछि किसनलाई पैसा बचत गर्न सहज हुने, किसानलाई न्युनतम व्याव दरमा ऋण उपलब्ध गराइयो भने जनसमुदायमा जनसेवा सद्भाव र भाईचाराको सम्बन्ध बलियो हुने बताए साथै बडा दशै, शुभ दिपावली तथा छठ पर्वको शुभकामना सहित सबैमा भाई चाराको सम्बन्ध बलियो हुने बताए ।

उदघाटन समारोहमा कल्याणपुर नगरपालिका ५ का वडा अध्याक्ष दिपेन्द्र कुमार बरबरीया ६ का वडा अध्यक्ष मो मोतिबुल राईन र ११ का वडा अध्यक्ष जागेश्वर यादव मेयर प्रत्यासी राजपाका रामबाबु यादव, प्रमोद यादव बैंक स्थापनाको शुभकामना दिएका थिए ।

No description available.

शुभकामना दिदै वडा अध्यक्ष राईनले भने ग्राहक महनुभवमा प्रत्यक्ष लाभको फाईदाका साथै २४सै घण्टा सेवा दिने हुनुपर्ने बताए ।

बैंक शाखा संचालक कुशेश्वर साहको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको थियो । बैंक समउद्घाटन कार्यक्रममा गाउँका बुद्धिजिवी युवाहरुको सहभमगीता रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.