मोरङ, माघ ११: गएराति मोरङको केराबारी गाउँपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट भएको छ ।
राति १० बजेतिर भएको विस्फोटबाट कार्यालय भवन नजिकैका केही घरका सिसा फुटेका मोरङ्गका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।
गाउँपालिका कार्यालय भवनभन्दा २ सय मिटर जति पर राखिएको अर्को बम भने बिहान नेपाली सेनाको टोलीले निष्कृय बनाएको एसपी अधिकारीले जानकारी दिए ।
उक्त बम विप्लव समूहले राखेको शंका गरिए पनि अहिलेसम्म पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।