गाउँपालिकाको अध्यक्षमाथि हातपात गरेको अभियोगमा चार पक्राउ

रिपोर्ट नेपाल | 2019 Apr 03 | 12:19 pm 2299

बैतडी, चैत्र २० :  जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दमाथि हातपात गरेको अभियोमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पञ्चेश्वर गाउँपालिका वडा नम्बर ६ का ३२ वर्षीय वीरेन्द्र भण्डारी, ५५ वर्षका बलदेव भण्डारी, ३४ वर्षीय रमेशराम लुहार र ४९ वर्षका हिक्मत भण्डारी रहेका छन्।

मंगलबार रोडीदेवलदेखि पञ्चेश्वर गाउँपालिकाको केन्द्रसम्म जोड्ने सडकका विषयमा छलफल गरेर फर्किँदै गर्दा ५–६ जनाको समूहले आफूमाथि आक्रमण गरेको अध्यक्ष चन्दले बताए।

सडकको विषयमा छलफल गरेर वडा नम्बर ४ का अध्यक्षसँगै फर्किरहेको बेला मंगलवार अपराह्न साढे ४ बजेतिर अध्यक्ष चन्दमाथि हातपात गरेको बुझिएको छ । अध्यक्षसँगै रहेको वडाध्यक्ष राजबहादुर चन्दका अनुसार सडकको छलफल सकेर कुलाउँ फर्किने क्रममा जंगलको बाटोमा अध्यक्ष चन्दमाथि हातपात भएको बताए ।

उक्त घटनाको अनुसन्धान भइरहेको बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए । यसरी गाउँपालिका अध्यक्षमाथि आक्रमण भएपछि त्यहाँका अन्य जनप्रतिनिधिले असुरक्षित महसुस भएको बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.