गाउँपालिकाका दलित परिवारलाई पहिलो प्राथमिकतामा राहत वितरण

रिपोर्ट नेपाल | 2020 May 03 | 12:50 pm 1690

  • महेश सिंह

सिरहा, बैशाख २१ः लक डाउनबाट प्रभावित सिरहाको नबराजपुर गाउँपालिकाका वडा नम्बर ३ बाहेक सबै वडाका दलित परिवार परिवारलाई राहत वितरण सम्पन्न भएकाे छ ।

गाउँपालिकाका दलित परिवारलाई पहिलो प्राथमिकता दिई शनिवार वडा नम्बर १, २, ४ र ५ मा प्रहिलो चरणको राहत दलित परिवारलाई   वितरण गरेकाे हाे ।

वडा नम्बर ३ मा आईतवार राहत बितरण कार्य सुरु गरिने वडा अध्यक्ष ईस कुमार यादव ( राम बाबु यादव ) ले जानकारी दिए । नबराजपुर गाउँपालिका भित्र लगभग ४ हजार ५ सय घर धुरी रहेको अनुमान छ ।

नबराजपुर गाउँपालिकामा १ हजार ९२ घरधुरी दलित परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले बताए । राहत वितरण सामाग्रीमा चामल ३० किलाे, दाल ३ किलाे, चिनी २ किलाे, नुन २ किलाे र नुहाउने साबुन ४ पिस वितरण गरेकाे गाउँपालिका अध्यक्ष बिश्वमोहन यादवले जानकारी दिए ।

त्यसैगरी वडा नम्बर २ मझौरा गाउँमा ४ सय घरधुरी रहेको र दलित १ सय २०, जनजाती २ सय ८० घर रहेको अध्यक्ष खुशीलाल शाहले जानकारी दिए । त्यस्तै वडा नम्बर ५ मा जम्मा १ हजार २६ घरधुरी, २ सय ३५ घर बिपन्न परिवार, ६५ घर मुस्लिम, २ सय १ घर दलित परिवार रहेको अध्यक्ष मनोज कुमार यादवले बताए ।

वडा नम्बर ४ का अध्यक्ष मदन यादवले पनि दलित बस्तिमा राहत बितरण भइ सकेको बताए । साथै वडा नम्बर १ का अध्यक्ष रामऔतार यादव भनिने अप्तारी यादवले गाउँपालिकाले निर्णय गरेरे दिएको राहत बितरण पहिलो चरणको भइसकेको बताए ।

राहत लिने लक्षित वर्गले राहत ढिलाे भएपनि गुणस्तरीय र राम्रो प्यकेज पाएकाेमा खुशी व्यक्त गरेका थिए । सामाजिक दुरीलाई विशेष ध्यानमा राखि राहत वितरण गर्ने प्रक्रिया मिलाईएकाे थियो ।

जनतालाई राहत लिन समस्या हुन नदिन वितरण स्थलमा सम्पूर्ण व्यवस्थापन मिलाइएकाे थियाे । सबैले सहयाेग तथा समन्वय गरी वितरण कार्यलाई सहज बनाउन सम्पूर्ण जन समुदायिलाई अध्यक्ष विश्वमाेहन यादबले अनुराेध आग्रह गरेका थिए ।

पहिलो चरणको राहत बितरण कार्य समाप्तपछि अरु गरिब, असाहय, बिपन्न परिवारलाई गाउँपालिकाको अध्यक्ष बिश्वमोहन यादवसँग समन्वय गरी राहत वितरण गरिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैत यादवले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.