गाईघाटमा गाईको प्रतिमा

रिपोर्ट नेपाल | 2023 Jan 08 | 08:07 am 3145

गाईघाट, पुस २४ः त्रियुगा नगरपालिकाले गाईघाट बजारको मुख्य चोकमा स्थानीय पहिचान झल्किने गाईको प्रतिमासहितको स्तम्भ निर्माण गरेको छ। नगरपालिकाको करिब १९ लाख रुपियाँको लागतमा राष्ट्रिय जनावर गाईको बाच्छोसमेत निर्माण गरिएको उक्त स्तम्भसहितको प्रतिमा त्रियुगा नगरपालिकाका नगरप्रमुख वसन्तकुमार बस्नेतले एक समारोहका बीच शनिबार अनावरण गरेका छन्।

नगरप्रमुख बस्नेतले विगतमा बर्सातको समयमा हिलेघाट, हिउँदमा धुलेघाट भनेर टिप्पणी हुनेगरेको गाईघाट बजार अब भने सुन्दर गाईघाट भन्न कसैले हिचकिच्याउन नपर्ने भएको र यसले बजारको मात्र हैन सिङ्गो मदन भण्डारी राजमार्गको समेत शोभा बढाएको बताए।

कार्यक्रममा त्रियुगा नगरपालिकाका नगर उपप्रमुख महेश्वरी राईले बजारको मुख्य चोकमा चार पर्खालसहितको स्तम्भ बनाएर त्यसमाथि माउको दूध खाँदै गरेको बाच्छोसहितको गुलाबी रङको गाईको प्रतिमा र त्यसको तल्लो भागमा चारैतर्फ चारवटा घडी जडान गरिएकोले यो आकर्षक र सुन्दर देखिएको बताए।

कार्यक्रममा स्वागत गर्दै वडा नं. ११ का अध्यक्ष सुमन्त कोइरालाले नाम र पहिचानअनुसारको काम भएको बताए।  गाेरखापत्र अनलाइनबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.