गाँजासहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ तथा चोरीपैठारीको सामान बरामद

| 2021 Nov 21 | 07:26 pm 1561

सिरहा, मंसिर ५ः जिल्लाको कर्जन्हा नगरपालिका ११ स्थित ईलाकाबाट मंसीर सशस्त्र प्रहरी करीव तीन के.जी. गाँजासहित सोही ठाउँ बस्ने ३७ वर्षीय दिनेश मुखियालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित गाँजा फेला पारेको हो । पक्राउ परेका मुखियालाई बरामद गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल
प्रहरीलाई बुझाईएको छ ।

चोरीपैठारीको सामान बरामद
रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ स्थित पूर्व पश्चिम लोकमार्गबाट सशस्त्र प्रहरीले करीव ४ लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको फोटो ल्यावमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ ।  सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सन्तपुरबाट खटिएको सशस्त्र
प्रहरीले पूर्व–पश्चिम लोकमार्गमा एक यात्रुवाहक बसमा जाँच गर्दा उक्त सामानको बिलविजक नभेटिएपछि बरामद गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले करीव ३ लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ स्थित ईनरुवाबाट बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.