तनहुँ, चैत्र १५ : जिल्लाको देवघाट गाँउपालिकामा घाँस काट्ने क्रममा लडेर ६ महिनाको गर्भवती महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको देवघाट गाउँपालिका वडा नम्बर–२ बैदीकी २५ वर्षीया रुपीमाया वंशी ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिए ।
घर नजिकैको जङ्गलमा घाँस काट्ने क्रममा लडेर घाइते भएकी रुपीमायालाई उपचारका लागि दमौली अस्पतालमा उपचारको क्रममा लैजाँदै गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
उनलाई अस्पतालमा पुर्याए पनि अस्पतालले मृत घोषणा गरेको थियो । उनका श्रीमान् ४ महिना देखि वैदेशिक रोजगारका सिलसिलामा देश बाहिर रहेका छन् ।