गर्भपतन तथा जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त ५ वर्षपछि पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 24 | 08:00 pm 2171

तनहुँ, भदौ ८ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तिहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएकोमा गर्भपतन र जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँ साबिक भिरकोट गाविस वडा नं ९ कायम रिसिङ गाउँपालिका वडा नं ३ खाल्डीबास बस्ने ५९ वर्षीय बल बहादुर बिक रहेका छन् ।

उनी उपर तनहुँ जिल्ला अदालतको मिति २०७२ माघ १० गतेको गर्भपतन मुद्दाको फैसला र मिति २०७३ फागुन २२ गतेको जबरजस्ती करणी मुद्दाको फैसला भएको थियो ।

फैसलामा तोकिएको कैद तथा जरिवाना मध्ये गर्भपतन मुद्दामा १० महिना १२ दिन कैद, जबरजस्ती करणी मुद्दामा ५ बर्ष २ महिना २४ दिन कैद र ५० हजार जरिवाना भुक्तान गर्न बाँकी रहेका थिए ।

उनको खोजतलास गर्ने क्रममा मिति २०७७ भदौ ७ गते बेलुकी घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालत समक्ष पेश गरेकोमा बाँकी रहेको कैद भुक्तानको लागि कारागार
कार्यालय तनहुँमा पठाएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.