गण्डकी प्रदेशमा पूर्ण शान्तिका साथ उत्साहजनक मतदान भएकाे डिआइजी लाेहनीकाे दाबी

रिपोर्ट नेपाल | 2022 May 23 | 07:36 pm 1725

कास्की, जेठ ९ः आजै गृह मन्त्रालयकाे बढुवा समितिले अतिरिक्त महानिरीक्षक पदका लागि सिफारिस गरेका प्रहरी नायब महानिरीक्षक दिवेश लाेहनीले गण्डकी प्रदेशकाे स्थानीय तहको निर्वाचन शान्ति सुरक्षा र भय रहित भएकाे दाबी गरेका छन् । गण्डकी प्रदेशका अत्यन्तै जाेखिम मानिने बाग्लुङ, स्याङ्जा र गाेरखामा भएकाे निर्वाचन अत्यन्तै शान्तिपूर्ण भएकाे पनि नायब महानिरीक्षक लाेहनीले दावाका साथ बताएका छन् । यस अघि भएका थुप्रै निर्वाचनकाे विश्लेषाण गर्दा यसरी पूर्ण रूपमा शान्ति सुरक्षाका साथ निर्वाचन भएकाे याे पहिलाे पटक हाे । शान्ति सुरक्षा कायम गराउन र भयरहित निर्वाचन सम्पन्न गर्न आफूले कडाइका साथ निर्देशन दिएकाे र जिल्लाका कमाण्डरहरूले भाेक प्यास निद नभनेर अहाेरात्र खटेका कारण सम्भव भएकाे हाे ।

रेड जोनका तीन जिल्लाका कमाण्डरहरूमा बाग्लुङको प्रहरी प्रमुखमा एसपी दयानिधि ज्ञवाली, स्याङको प्रहरी प्रमुखमा एसपी राजिव बस्नेत, गोरखाको प्रहरी प्रमुखमा एसपी केदार खनाल रहेका छन् ।

यी तीन जिल्लामा पनि अझै सम्वेदनशील बाग्लुङ पर्छ । बाग्लुङमा स्थानीय तहको निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन पाएन । एसपी ज्ञवालीको कमाण्डमा खटिएका प्रहरीले शान्ति सुरक्षा मजबुद बनाएका थिए ।

अपवादका रुपमा बरु तनहुँ जिल्लामा सानो घटना भयो । तैपनि प्रहरीले स्थितिलाई १५/२० मिनटमै नियन्त्रणमा लिएको थियो । निर्वाचन आयोगले पनि मतदान गर्ने भनेपछि पुनः मतदान भएको थियो ।

तनहुँको प्रहरी प्रमुखमा एसपी राजेन्द्रबाबु रेग्मी छन् । उनले पनि जोडबल लगाएर शान्ति सुरक्षा बनाउन भूमिका खेलेका थिए । निर्वाचनका विषयमा प्रतिकृया दिँदै नेपाली कांग्रेस बाग्लुङका सभापित जीत शेरचनले निर्वाचन भएरहित बनाउन जिल्लाका सुरक्षा निकायकाे अहम भूमिका रहेकाे बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.