गणतन्त्रको विरोध गर्दै राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन

रिपोर्ट नेपाल | 2020 Nov 30 | 04:16 pm 4673

काठमाडौं मंसिर १५ : गणतन्त्र स्थापना भएको १२ वर्ष पूरा हुन नपाउँदै यसविरुद्ध सडकमा स्वरहरु बढ्न थालेका छन्। २ सय ३८ वर्ष लामो शाह वंश राज परम्पराको अन्त्य गरेसँगै स्थापित गणतन्त्र माथि पुनः राजावादीहरु सल्बलाउन थालेका छन्। गणतन्त्र खारेज गरेर राजतन्त्र र हिन्दु राज्य ल्याउन भन्दै राजावादीहरुले प्रदर्शन गरिरहेका छन्।

काठमाडौंमा सोमबार राजतन्त्रको पक्षमा प्रदर्शन भएको छ । राष्ट्रिय शक्ति नेपाल उपत्यका आन्दोलन परिचालन समितिको नाममा भएको प्रदर्शनका सहभागीले पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका थिए ।

त्यस्तै प्रदर्शनकारीले हातमा राष्ट्रिय झण्डा पनि बोकेका थिए । माइतीघरदेखि नयाँ वानेश्वरसम्म गरिएको प्रदर्शनका सहभागीले राजा आऊ, देश बचाऊजस्ता नारा पनि लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.