पाल्पा, असार ८ः सोमबार खोलाले बगाएर पाल्पामा एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा रम्भा गाउँपालिका १ हुँगीको मसल्याङकी अन्दाजी ७० वर्षीया मनकुमारी सारू रहेकी छन ।
विहान साढे ९ बजेतिर अविरल परेको वर्षासँगै खोलामा आएको बाढीले उनलाई बगाएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए।
स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला परेको रेग्मीले जानकारी दिए ।
मृतक सारू दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गरेकी थिइन्।
घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बुझिएको छ। उनीसँगै गएकी अर्की एक महिलाको भने सकुशल उद्वार गरिएको बताइएको छ।