खोलाले बगाउँदा मकवानपुरमा एक दम्पतीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 27 | 02:44 pm 2082

मकवानपुर, असाेज ११ः सामरी खोलाले बगाउँदा मकवानपुरगढी गाउँपालिकामा एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका–६ का ज्ञानबहादुर परियार र उनकी श्रीमती तुलसा परियार रहेका छन् ।

उनीहरू मकवानपुरगढी गाउँपालिका–३ तर्फ जानका लागि सामरी खोला तर्ने क्रममा आइतबार बिहान १० बजे खोलाले बगाउँदा मृत्यु भएको ईलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायव निरीक्षक कृष्ण केसीले जानकारी दिए।

खोलाले बगाएर करिब ६० मिटर तल पुर्‍याएको प्रहरी नायव निरीक्षक केसीले जानकारी दिए । जिल्ला प्रहरीको मुचुल्का टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.