दैलेख, असार १२ः खोलाले बगाउँदा दैलेखमा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नौमूले गाउँपालिका ५ की २५ वर्षीया पविसरा शाही रहेकी छन् ।
उनको बिहीबार अपराह्न ३ बजेतिर खोला तर्ने क्रममा खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख हरिबहादुर ओलीले जानकारी दिए ।
लगातार वर्षापछि नजिकै रहेको खहरे ठूलो भएर आइरहेको बेला तर्ने क्रममा बगाएपछि मृतकको शवसमेत निकाल्न नसकिएको प्रहरीले जानकारी दिएको छ । शव खोलाको बीच ढुंगामा अड्किएको बताइएको छ ।