खोलाले बगाउँदा एक महिला बेपत्ता

रिपोर्ट नेपाल | 2020 Jul 08 | 02:04 pm 2050

प्युठान, असार २४ः खोलाले बगाउँदा प्युठानमा एक महिला बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा स्वर्गद्वारी नगरपालिका –३ भाजुरीवाङकी ५६ वर्षीया हेमा कुँवर रहेकी छन् ।

रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार प्रहरी खटेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.