खेतमा अवतरण गरिएका हेलिकप्टर साढे ८ घण्टापछि उडे

रिपोर्ट नेपाल | 2019 Sep 17 | 06:09 pm 1585

काभ्रे, भदौ ३१ : मौसममा खराबी देखिएपछि पाँचखालमा –२ र ३ मा आकस्मिक अवतरण गरिएका विभिन्न कम्पनीका ४ हेलिकप्टर साढे ८ घण्टापछि काठमाडौं उडेका छन् ।

बिहान ८ बजे जोरपाटी र हर्षेस्थित खेतमा आकस्मिक अवतरण भएका मनाङ एयरका २, सिम्रिक र कैलाश एयरका १/१ हेलिकप्टर साढे ४ बजे काठमाडौंको लागि उडेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिए ।

लुक्लाबाट काठमाडौंका लागि उडेका मनाङ र सिम्रिक एयरका हेलिकप्टरमा चालक दलसहित ६/६ जना र कैलाशको हेलिकप्टरमा ३ जना सवार थिए । अलपत्र यात्रु र चालक दलका सदस्यलाई स्थानीयले खाना खुवाएका थिए ।

सिम्रिक एयरमा रहेका ५ जना विदेशी पर्यटकलाई पाँचखाल नगरपालिकाको गाडीले काठमाडौं पुर्‍याउने व्यवस्था मिलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.