खुकुरी प्रहारबाट एक जनाको मृत्यु, अभियुक्त पक्राउ

| 2023 Oct 08 | 03:11 pm 88693

लमजुङ, असोज २१ ।  क्व्होलासोथार गाउँपालिका-९ टक्सार बस्ने ६० वर्षीय दिल बहादुर बिकको धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको छ । असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते दिलबहादुरको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

आफ्नै छोरा २८ वर्षीय सुजन बिकबीच दाह्री काट्ने जिलेट मेसिन नदिएको विषयलाई लिएर भएको झगडामा सुजनले खुकुरी प्रहार गरेको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.