खाल्डाेकै कारण १६ वर्षीय छोरा गुमाएपछि बाबुले पुरे सडकका ५ सय ५६ खाल्डा !

रिपोर्ट नेपाल | 2018 Jul 31 | 03:11 pm 1913

एजेन्सी । छोराको कलिलै उमेरमा मृत्यु भएपछि एक बाबुले शोकको पीडालाई सेवामा लगाएका छन् । भारतको मुम्बईमा बस्दै आएका ती बाबु हुन्- दादाराओ बिलहोरे । उनको छोराको १६ वर्षकै उमेरमा मृत्यु भयो । छोराको सम्झनामा बाबुले सोही शहरका विभिन्न सडकमा रहेका ५ सय ५६ वटा खाल्डा पुरेर सेवाकर्म दर्शाएका हुन् ।

दादाराओ बिलहोरेको लागि तस्बिर परिणाम

सन् २०१५ मा सडक दुर्घटनामा नै परेर उनका छोरा प्रकाशको ज्यान गएको थियो । सडकमा भएका खाल्डाखुल्डीका कारण मोटरसाइकल दुर्घटना हुँदा प्रकाशको मृत्यु भयो । खाल्डोमा परी मोटसाइकल चिप्लिएर दुर्घटना भएको थियो । सोही घटनाबाट प्रेरित भएर बाबु दादाओरेले यो खाल्डा पुर्ने अभियान थालेको बताइन्छ ।

दादाराओले आजीवन खाल्डा पुर्दै जाने बताएका छन् । देशैभरिका सडकमा भएका खाल्डा नपुरिएसम्म उनी यो कामलाई निरन्तरता दिन चाहन्छन् ।

आफ्नो छोराले जस्तै अरु कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उनको कामना छ । आइतबारसम्ममा उनले मुम्बईका विभिन्न सडकहरुमा भएका ५ सय ५६ खाल्डा पुरिसकेको जनाएका छन् ।

दादाराओ बिलहोरेको लागि तस्बिर परिणाम

भारतको जनसंख्या धेरै भएको बताउँदै केवल एक लाख जनाले मात्रै सडकका एकएक खाल्डा पुर्न सुरु गर्ने हो भने देशैभरका सडकहरुमा एउटा पनि खाल्डो बाँकी नरहने उनको भनाइ छ । यो वर्ष मात्रै वर्षायाम सुरु भएसँगै मुम्बईमा मात्रै सडकमा रहेका खाल्डाका कारण ६ जनाले ज्यान गुमाइसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

सडकहरु अस्तव्यस्त छाेडिएकाे भन्दै केही दिनअघि मात्र महाराष्ट्र नवनिर्माण सेनाका कार्यकर्ताले प्रदर्शन समेत गरे । उनीहरुले सडकमा रहेका खाल्डा जतिसक्दो छिटो पुर्न माग गर्दै राज्य सरकारविरुद्ध सडकमै प्रदर्शन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.