खाद्य संस्थानमा खसीबोका प्रतिकिलो १० रुपैयाँ सस्तो

रिपोर्ट नेपाल | 2018 Oct 08 | 10:00 am 2327

काठमाडौं, असोज २२ : नेपाल खाद्य संस्थानले दसैंका लागि बिक्रि हुने च्यांग्रा तथा खसीबोका बजारमा भन्दा प्रतिकिलो १० रुपैयाँ सस्तोमा बिक्रि गर्ने भएको छ ।

यसपटक किसानसँगबाट किन्दा च्यांग्रा प्रतिकिलो १० रुपैयाँ महँगो परे पनि बजारको भाउ भन्दा सस्तोमा बिक्रि गरिने संस्थानका विभागीय प्रमुख श्रीमणीराज खनालले जानकारी दिए। दसैंका लागि मुस्ताङबाट च्यांग्रा खरिद भैसकेको र हेटौंडा, चितवनलगायतका ठाउँबाट खसीबोका खरिद गर्ने तयारी भैरहेको पनि उनले बताए।

संस्थाले यो वर्ष १ हजार च्यांग्रा र १ हजार खसिबोका घटस्थापनाको अर्को दिनदेखि बिक्रिका लागि राखिने जनाएको छ ।

यसैबीच संस्थानले देशभरीका सहुलियत पसलमा गएर संस्थानका दैनिक उपभोग्य वस्तु खरिद गर्न आग्रह गरेको छ । बजारमा भन्दा सस्तो र गुणस्तरीय सामान पाइने भएकाले सहुलियत मुल्य पसलमा गएर दसैंको लागि सागम्री किन्न संस्थानले आग्रह गरेको हो ।

काठमाडौं उपत्यकाको रामशाहपथ, नख्खु, महाराजगञ्ज, कलंकी, सूर्यविनायक, टेकुलगायतका स्थानमा र केही ठाउँमा घुम्ती सहुलियत पसल सञ्चालन गरिएको संस्थानको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.