काठमाडौँ, कात्तिक २४- चर्चित अभिनेत्री मनीषा कोइरालाले क्यान्सरसँग गरेको संघर्षको पीडालाई पहिलो किताब ‘हिल्ड: हाउ क्यान्सर गेभ मी अ न्यू लाइफ’ ल्याउने भएकी छिन्।
मनीषाले लेखक निलम कुमारसँग मिलेर यो किताब डिसेम्बर १५ मा सार्वजनिक गर्न लागेको ट्विटर जानकारी दिएकी छिन्।
उनले आफ्नो क्यान्सरसँगको लडाइँबारे विस्तृतमा उल्लेख गरेको यो आत्मवृत्तान्त पेन्गुइन इन्डियाले प्रकाशन गरेको हो। यो किताब अंग्रेजी भाषामा छ।
Overcoming cancer has been a lesson in self discovery and learning to love life again!! Dear friends,presenting you my book 💕🙏🏻💕 https://t.co/Nb8Gi19GFx pic.twitter.com/aPsH2WERzq
— Manisha Koirala (@mkoirala) November 10, 2018
पाठेघरको क्यान्सर भएपछि मनीषाले त्योसँग जुध्न गरेका अथक प्रयास यो किताबमा उल्लेख गरेको प्रकाशकले उल्लेख गरेका छन्। आफू क्यान्सर फ्री भएपछिका ६ वर्षको अवसरमा उनले क्यान्सरसँग नडराउन र विजयी भएर बाहिर निस्कन प्रेरित गरेकी छन्, यो किताबमा।

२४० पृष्ठको हार्डकभरको मूल्य भारु ३७४ रुपैयाँ छ।
सौदागरमार्फत बलिउड फिल्म इन्डस्ट्रीमा पाइला राखेकी मनीषाको यात्रा २०१२ मा उनलाई क्यान्सर देखिएपछि हठात रोकिएको थियो। पछिल्लो समयमा उनले सञ्जय लिला भन्सालीको ‘सञ्जु’मा नरगिसको भूमिका खेलेकी छन्।
पुस्तक सार्वजनिक हुने जानकारी ट्विटरमा राख्दै मनीषाले भनेकी छन्, ‘क्यान्सरमाथि विजय प्राप्त गर्नु आत्मसाक्षात्कारको पाठ र जीवनलाई फेरि प्रेम गर्न सिक्ने मौका बनेको छ।’