क्वारेन्टाईन व्यवस्थापनका लागि सवल नेपालको सहयोग

रिपोर्ट नेपाल | 2020 Apr 10 | 06:51 pm 1698

  •  महेश सिंह

सप्तरी, चैत्र २८ः सप्तरीको सुरुङ्गा नगरपालिका र खडक नगरपालिकामा क्वारेन्टाईन व्यवस्थापन गर्नका लागि क्वारेन्टाईनमा प्रयोग हुने समग्रीहरु सहयोग गरेका छन् ।

सेभ द चिल्ड्रेन र सवल नेपालले सामग्री सहयोग गरेको सवल नेपालका फिल्ड अधिकृत राधेश्याम रामले बताए । बिरामी र स्वास्थ्यकर्मीले प्रयोग गर्ने झुल, बेड सिट, डस्टबिन, मास्क, जग, दाँता माझने ब्रस, पानी, जग लगायत १४ प्रकारकार सामग्रीहरु सहयोग गरेको हो ।

मसिलाल जनता मावि कुशहा सुरुङ्गा ५ र खडक नगरपालिका वडा नम्बर–९ मा रहेको क्वारेन्टाईनका लागि सहयोग गरेको समग्री स्थानीय स्वास्थ्यकर्मी र जनप्रतिनीधिको रोहबरमा वितरण गरेको सवल नेपालका समुदाय परिचालक श्रवण पासवानले बताए ।

 

विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेकाले नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमणबाट बच्न नेपाल भरी लकडाउनको गरिएकाे हाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.