क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि, आजै घर जाँदै

रिपोर्ट नेपाल | 2020 Mar 02 | 03:51 pm 1767

काठमाडौं, फागुन १९: गत फागुन ४ गते चीनको वुहानबाट उद्दार गरी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उनीहरु सबैमा कोरोना संक्रमण नदेखिएपछि सोमबार घर जाने भएका छन् । परीक्षणमा उनीहरु सबैमा कोरोना नेगेटिभ देखिएपछि घर फर्काउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।

१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो ।

उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।

नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.