एजेन्सी, पुस १५ः मंगलबार क्रोएशियामा ६.४ रेक्टर स्केलको भूकम्प गएकाे छ । भूकम्पका कारण भारी जनधनको क्षती भएको बताइएकाे छ ।
उक्त भूकम्पमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । क्रोएशियाको सरकारी टिभी रिपोर्टका अनुसार मृत्यु हुने १२ वर्षीया पेट्रिनिजा इलाकाकी हुन् । यस्तै ग्लीना इलाकाका चारजनाको मृत्यु भएको पुष्टि भएको छ ।
पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिएका छन् । भुकम्पको झट्का बोस्निया, सर्बिया र इटालीमा पनि महसुस गरिएको थियो ।