क्यान्सररुपी वाईवाईको धुँवा रोक्न सरकार किन मौन ?

| 2019 Apr 05 | 05:08 pm 11212

काठमाडौं, चैत्र २२ : तस्वीरमा देखिएको धुँवाको मुस्लो सुखी नेपाली र समृद्ध नेपाल बनाउनका लागि नभएर एउटा व्यक्तिलाई अर्बौंपति बनाई जनतालाई दुःखी र रोगी बनाउने धुँवाको मुस्लो हो ।

ललितपुर जिल्लाको कार्यविनायक नगरपालिका भैसेपाटीमा रहको नेपाली काँग्रेसका सांसद बिनोद चौधरीले खोलेको वाईवाई चाउचाउ कारखानाबाट निस्कीएको मुस्लोले भैसेपाटी बासीलाई मात्रै नभएर सिङ्गो काठमाडौंलाई समेत प्रदूषित बनाएको छ । भैसे पाटीको मुल सडक छेउमा रहेको वाईवाई चाउचाउ कारखानाले चाउचाउ तयारी बनाउन धानको भुस प्रयोग गरेर दिनहुँ प्रदूषण बढाइरहँदा सरोकारवाला कानमा तेल हालेर बसेकोमा जनताले शंकाको दृष्टीले हेरेका छन् ।

निर्वाचनका समयमा प्रदुषण मुक्त क्षेत्र बनाउने सपथ खाएका सांसद पम्फा भुसाल पनि यतिखेर भैसेपाटी वरिपरी भएको प्रदूषणको विषयमा मौन रहनु दुःखको विषय हो । कारखानाको नजिकै घर भएका अर्का सांसद जीवन खड्का पनि आफ्नै आँखा अगाडि क्यान्सररुपी धुँवाको मुस्लो देख्दा समेत मौन ब्रत बस्नु अर्को आश्चर्य मानिएको छ ।

अन्तत व्यक्ति धनी बन्ने कारखानाले जनतालाई क्यान्सरको रोगी बनाउने काम गर्दा समेत कुनै प्रतिनिधिले चासो नदेखाएकोमा जनता दुःखी भएका छन् ।

भैसेपाटीका एक व्यवसायिले रिपोर्ट नेपालसँग दुखेसो पोख्दै आफूहरु कारखाना बिरोधी नभएको तर कारखाना बाट निस्कने प्रदूषीत धुँवाकाे बिराेधी भएकाे बताए । बिजुली खर्च हुने लोभमा हाम्रो स्वास्थ्यसँग खेलवाड गर्दै धानको भुस बालेर धुँवा निकाल्न भएन उनका कथन थियो ।

प्रदूषण बढाउनका लागि चौधरी ग्रुपको वाईवाई चाउचाउ कारखाना मात्रै नभएर नख्खु खोलको वरिपरी पालिएका बंगुर फर्म, कुखुरा फर्म र कुकुर विक्री केन्द्र पनि प्रमुख रहेका छन् । सरसफाई बिना पालिएका बंगुरका कारण स्वाइनफ्लु आउने संभावना एकातिर छ भने कुकुरका कारण रेबीज भित्रिने पनि त्यतिकै डर छ । बर्डफ्लुको चर्चा चलेसँगै नख्खुखोला छेउछाउमा पालिएका लेलेसम्मका कुखुरा फर्मको पनि कुनै चेकजाँच नगरीएको त्यस क्षेत्रका बासिन्दा बताउँछन् ।

भैसेपाटीको बस्तीको बीचमा पालिएको मण्डल कुखुरा फर्मका कारण वरिपरी दुर्गन्ध फैलिएपछि स्थानीय बासी आक्रोशित बनेका छन् । बिना दर्ता र अनुमती बिना खोलिएका यस्ता फर्मले एकातिर प्रदूषण बृद्धि गरिरहेका छन् भने अर्को तर्फ स्थानीय सरकारलाई राजस्व ठगी गरिरहेका छन् ।

सबै भन्दा डरलाग्दो प्रदूषण बृद्धि गर्ने र क्यान्सरको जड मानिने अलकत्राको व्याचिङ प्लान्ट पनि नख्खु खोलामौ छ । स्वच्छ र हराभरा उपत्यका नारामा मात्रै सिमित भएको छ ।

काठमाडौंको सडकमा रहेको धुलो बढार्नु मात्रै प्रदूषण रोकथाम गर्ने उपाय नभएर वरिपरीका ईटा उद्योगले पनि त्यतिकै प्रदूषण भित्राएका छन् । सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना गरेको वर्तमान सरकार र सरोकारवालाको प्रदूषण रोक्न ध्यान नजानु दुर्भाग्यको विषय हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.