काठमाडौं, असाेज १० : नेपाल क्रिकेट संघ क्यानको विशेष चुनावी साधारण सभा काठमाडौंमा शुरु भएको छ । सधारणसभाको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले गरेका छन्।
उद्घाटन सत्रमा बोल्दै खेलकुद मन्त्री विश्वकर्मले नेपाली क्रिकेटको आजको दिन धेरै ढिला गरि आएको बताएका छन्। क्रिकेट खेलाडी साथै क्रिकेट खेलप्रेमी नेपालीहरुले आजको दिनलाई धेरै पहिलादेखि प्रतीक्षा गरेको भन्दै मन्त्री विश्वकर्माले यो अवसरलाई खेर जान नदिने प्रतिबद्धता सबैबाट आउनुपर्ने बताए।
मन्त्री विश्वकर्माले नेपाली क्रिकेटमा विगतमा भएका सबै परिस्थतिको समीक्षा गरेर सुखद् यात्रा तय गर्न साधारण सक्षम हुने विश्वाश ब्यक्त गरे। क्यानमा सरकारी हस्तक्षेपसहित विभिन्न कारण देखाउँदै अन्तर्राष्ट्रिय यसअघि आइसीसीले २०७३ सालमा नेपाली क्रिकेटलाई निलम्बन गरेको थियो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आफ्नो विशेष पहलमा नेपाली क्रिकेटको विवाद समाधानको लागि पाँच सदस्य स्वतन्त्र समिती गठन गरेको थियो। उक्त स्वतन्त्र समितीले जिल्ला र प्रदेशको सफल निर्वाचन सकेपछि शुक्रबार र शनिबार राजधानीमा नेपाल क्रिकेट संघ क्यानको निर्वाचन गर्ने मिति तय गरेको हो।
अहिलेसम्म नेपाली खेलाडीहरुले आइसीसीकै तालिकामा प्रतियोगिता खेल्दै आइरहेको छ । हिजो मात्र नेपाली क्रिकेट टोली त्रिदेशिय क्रिकेट श्रृंखला खेल्न सिंगापुर गएको छ।