कौडा खेलीरहेको अवस्थामा १५ जना पक्राउ

रिपोर्ट नेपाल | 2018 Oct 22 | 01:40 pm 2248

नवलपरासी, कार्तिक ५ : गैंडाकोट नगरपालिका १ ब्रिटिस क्याम्पस्थित कच्ची घरमा कौडा खेलीरहेको अवस्थामा ३९ वर्षीय रमेश श्रेष्ठ लगायत १५ जनालाई आज सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ४ लाख ७ हजार २ सय ४० रूपैयाँ, कौडा र कौडा खेलाउने बोर्ड सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.