कोरोनाको संक्रमण हुन अगावै सतर्कता अपनाउन बरिष्ठ नेता पौडेलको आवहान

रिपोर्ट नेपाल | 2020 Mar 16 | 10:49 am 2460

काठमाडौं, चैत ३: विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमण हुन अगावै सतर्कता अपनाउन नेपाली कांग्रेसका बरिष्ठ  नेता रामचन्द्र पौडेलले सबै नेपालीलाई आवहान गरेका छन् ।

नेता पौडेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसबाट बच्न हामी स्वयम् आफैंबाट सामाजिक दुरी कायम गर्न सुरु गर्नु पर्ने बताएका छन् ।

उक्त विज्ञप्तिमा उनले अत्यावश्यक काम र कुराकानी टेलिफोनबाटै कार्यहरु सुरु गर्न समेत जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.