कोरोनाको नाममा सरकार संस्कृति समाप्त पार्दै

रिपोर्ट नेपाल | 2020 Oct 26 | 08:05 am 2359

  • बसन्त भुजेल

यसपालीको दशैंमा बैदिक सनातन धर्मावलम्बीहरुले मठ मन्दीर र शक्ति, पिठमा दर्शन गर्न पाएनन् । यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला गरिएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको हो । यो मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडादशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले दर्शनार्थीहरुको भीड लाग्ने गथ्र्यो । यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको हो ।

तलेजु भवानीको दर्शन विना राजधानी काठमाडौंमा दशैं नै हुँदैन । यस वर्ष नेपालमा दशैं मनाउन दिइएन । मुलुकका विविधि जाति तथा समुदायलाई एक आपसमा जोडेर राष्ट्रियता बलियो बनाउने सबै भन्दा मजवुत सांस्कृतिक डोरी हो बडादशैं । त्यसैले परचक्रीहरुले बडादशैंको खिलापमा निकै पहिले देखि विभिन्न अफवाह फैलाउँदै आएका थिए । कहिले हिन्दूको मात्रै चाड हो भनिदिने, कहिले खस आर्यले जनजातीलाई दबाएको उपलक्ष्यमा मनाइने चाडपर्व हो भनिदिने गरिएको थियो । यति हुँदा हुँदै पनि नेपाली जनताले यस्ता षड्यन्त्रलाई परास्त गरिदिए । केही सीप नलागेपछि सत्तामा कम्युनिष्टहरुलाई पुर्याउने र कम्युनिष्ट मार्फत मुलुकको धार्मिक तथा सांस्कृतिक परम्परालाई नष्ट गराइदिने षड्यन्त्र सुरु भएको छ । यस वर्ष कोरोनाको निहुँमा यो षड्यन्त्रले मूर्तरुप पाएको छ ।

सैनिक हस्तक्षेपद्धारा नेपाल खान नसकिने भए पनि अर्को षड्यन्त्रका रुपमा संस्कृतिमाथि अतिक्रमण भएको हो । संस्कृति तथा परम्परा समाप्त नगरे सम्म देश कब्जा गर्न सकिन्न भन्ने पश्चिमाहरुको रणनीति नै हो । यो रणनीति अन्तरगत उनीहरुले सर्वप्रथम नेपालको राजसंस्था अन्त्य गराए । त्यस पछि सांस्कृतिक परम्परा अन्त्य गराउन द्रुतरुपमा अघि बढेका छन् । भारत समेत यसैमा मिसिएको छ । हाम्रा चाड पर्व तथा सांस्कृतिक परम्परामाथि पश्चिमा हस्तक्षेप मात्रै छैन भारतको हस्तक्षेप पनि छ । उदाहरणका लागि बडादशैंलाई लिन सकिन्छ, हामीले जुन रुपमा जसरी बडादशैं मनाउँछौ त्यो भारतका लागि इश्र्याको मामिला भएको छ ।

कोरोनाको बहानामा कतै हाम्रो धर्म संस्कृतिलाई तहस नहस बनाउने खेल पश्चिमाले खेलेका त होइनन् ? हाम्रा नेताहरुलाई होली वाइन पिलाएर लठ्ठ गराइएको निरन्तरता त होइन ? भन्ने आशंका उत्पन्न भएको छ ।  हाम्रो धर्म तथा सांस्कृतिक परम्परालाई समाप्त पाने पश्चिमा डिजाइन आजको होइन । बस चल्न दिने, रक्सी पसल चल्न दिने, भट्टी पसलमा भीडभाड गर्न दिने, बैंकहरुमा भीड गर्न दिने, राजश्व संकलन हुने सरकारी कार्यालयमा भीड गर्न दिने तर मठ मन्दीरमा अनुशासित पुर्वक हुँदै आइरहेको पुजा तथा दर्शन रोक्ने नियत भनेको सामान्य होइन । चाड पर्व समेत रोक्नु भनेको त सानो षड्यन्त्र होइन । हाम्रो धर्म संस्कृति तथा परम्परामा ठूलो प्रहार भएको छ । यो प्रहार राष्ट्रियता समाप्त पार्नकै लागि हो । राष्ट्रियताको मुख्य जग भनेकै धर्म संस्कृति तथा परम्परा हो । कम्युनिष्टहरु धर्म संस्कृति तथा परम्परालाई अफिम मान्छन् । त्यसैले कम्युनिष्टको आडमा क्रिश्चियनहरुले नेपाली धर्म संस्कृति तथा परम्परा माथि धावा बोलिरहेका छन् ।

हामी नेपालीका रुपमा बाँच्ने हो भने राज संस्था जगाउनै पर्छ । राज संस्था जागेपछि मात्रै हाम्रो धर्म संस्कृति जाग्छ भन्ने कुरा पुष्टि भइसकेको छ । धर्म संस्कृति बचे पछि मात्रै हाम्रो अस्तित्व बच्नेछ । होली वाइन खाएर लठ्ठ हुनेहरुले विदेशमा पैसा थुपोरेकै छन् । उनीहरुलाई यो देश नचाहिएला, तर हामी नेपालीलाई नेपाल चाहिन्छ । हामी नेपाली स्वाभिमानी छौं । हाम्रो स्वभिमान विदेशी हस्तक्षेप मुक्त बलियो नेपालीले मात्रै बचाउँन सक्छ ।

आज भारतले नेपालमा आफ्नो अड्डा जमाएको छ । हाम्रो शासन सत्तामा हाली मुहाली मच्चाइरहेको छ । दलका नेताहरु कि त भारतका सहयोगी भएका छन्, कि त मुकदर्शक । दलका भरौटे कार्यकर्ताहरु पनि मुकदर्शक छन् । जनतालाई विभिन्न दलको छातामुनी विभाजित गरेर मुक दर्शक बनाइएको छ । के नेपालीहरुले नेपाल भारतमा गाभिएको हेर्न चाहन्छन् ? किमार्थ चाहँदैनन् । जो चाहन्छन् उनिहरु नेपाली होइनन् ।

के गर्दैछ , नेपालमा भारतको खुफिया एजेन्सी ‘रअ’ ले ? किन स्पेशल जहाजमा ‘रअ’ का प्रमुखको जम्बो टोली नेपाल आयो ? चारतारे होटलमा बसेर किन दलका नेताहरुलाई भेटघाट गर्यो ? के भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेषदूतका रुपमा ‘रअ’ का प्रमुख नेपाल आएको हुन् ? के हाम्रा प्रधानमन्त्रीको हैसियत भनेको भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सरह हो त ? विविध प्रश्न उब्जेका छन् । यसो हो भने नेपालको हैसियत समाप्त भयो भन्ने जान्दा हुन्छ ? होइन भने लिपुलेकको नक्शा छापिएको किताव सरकारले किन रोकेको छ ? प्रधानमन्त्री ओलीले बडादशैंको शुभकामना कार्डमा किन लिम्पियाधुरा समेतको नेपालको नक्शा समाबेश गर्न सकेनन् ?

बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा भनेका थिए –‘हाम्रो मुलुक संचालनको साँचो हामीसँग होइन भारत सँग छ ।’ के नेपालको सत्ता संचालनको साँचो भारतलाई सुम्पिएकै हो त ? संकेत यस्तै देखिएको छ । त्यसैले यथाशिघ्र दल तथा तिनका नेताहरुलाई सिंहदरबारबाट लघारेर शासन सत्ता संचालन गर्ने जिम्मेवारी राजालाई दिनु पर्छ । सत्ताको साँचो दिल्लीलाई होइन राजालाई बुझाउने काम नेताहरुले तुरुन्त गरुन, होइन भने जनताले क्षमा दिनेवाला छैनन् । नक्कली कोरोनाको संक्रमण देखाएर इशाईहरुको इसारामा मुलुकलाई तहस नहस बनाउन पाइन्न । नेपाली जनता वीर गोर्खालीका सन्तान हुन् । विश्वको महाशक्ति अंग्रेजलाई समेत पछार्ने ताकत हाम्रा पुर्खाहरुले राखेका थिए । पुर्खाहरुको रगत हाम्रो शरीरमा अहिले पनि बगिरहेको छ । पुर्खाहरुको खुकुरी खिया लागिसकेको छैन । मठ मन्दीर तथा शक्तिपिठमा दर्शन गर्न नदिए पनि यस वर्षको वडा दशैंमा आफ्नो घरमै नेपाली जनताले आफ्ना वीर पुर्खाको नासो खुकुरीलाई प्राण प्रतिष्ठा गरेका छन् । देशद्रोहीहरुलाई यो खुकुरीले हिँजो पनि काटेको थियो , आज पनि काट्छ , भोली पनि काट्नेछ । यस्तै रवैया हो भने यी नालायकहरुलाई जनताले भोलि सडकमा ल्याएर छ्याप छ्याप काट्ने छन् । होशियार । अब विदेशी (भारत) को नांगो नाच हेर्न सकिन्न । नेपाललाई सिक्किम बनाउँन दिइँदैन । भारतीय दलालहरुलाई सिंहदरवारमा बस्ने हैसियत छैन । हामी गोर्खालीहरुले परचक्री सँग कहिल्यै पनि हारेका छैनौ । पराजय हाम्रो शब्दकोशमा छैन ।

सिक्कम भारतमा विलय गराउनु अघि त्यहाँका प्रधानमन्त्री लेण्डुप दोर्जेले ‘रअ’का प्रमुखलाई जसरी रातो कार्पेट विछ्याएर स्वागत गरेका थिए, ठीक त्यही इतिहास यतिबेला हाम्रो मुलुकका प्रधानमन्त्री केपी ओलीले दोहोर्याएका छन् । त्यतिबेला रअका प्रमुखलाई भेट्न जसरी सिक्कमका दलका नेताहरुले तँछाड मछाड गरेका थिए, ठीक त्यसरी नै हाम्रो देशका नेताहरुले तँछाड मछाड गरेका छन् । जसरी सिक्कम जोगाउन त्यहाँको सेनालाई ढिला भइसकेको थियो, त्यसरी नै आफ्नो देश जोगाउन नेपाली सेनालाई ढिला हुने अवस्था नआओस् । यही अवस्था अब एक डेढ वर्ष जारी रहने हो भने समय घर्किसक्छ, चाहेर पनि नेपाली सेनाले देश बचाउँन सक्दैन, त्यसैले अब कत्ति पनि ढिला नगरी दलका यी नालायक नेताहरुलाई जेल हाल्ने र राजाको नेतृत्वमा कम्तिमा १० वर्ष सेना आफैले शासन गर्नु पर्ने समय आइसक्यो । समयले पर्खँदैन ।

हाम्रो देशमा भरोसा गर्न सकिने शक्ति सेना मात्रै बाँकी छ । जनताले आशा गरेको पनि सेनाबाट नै हो । तर सेनालाई कमजोर बनाउन भारतीय दलाल तथा होली वाइनवालाहरु सक्रीय भइसकेका छन् । त्यसैले कत्ति पनि ढिलो नगरी सेनाले शासन सत्ता आफ्नो हातमा लिनुपर्छ । होइन भने सेनालाई पनि भारतले कब्जामा लिनसक्छ ।
हाम्रो जलस्रोत भारतले कव्जा गरिसकेको छ । पशुपतिनाथको पुजारी पनि भारतले नै नियुक्ति गर्छ । एक हिसावले पशुपतिनाथ पनि भारतकै कब्जामा परिसके भन्दा हुन्छ । लुम्बिनीलाई भारतले आफ्नो भनेर दावी गरिरहेको छ । भोली जनकपुरधाम पनि भारतले आफ्नो कब्जामा लिनसक्छ । मुक्तिनाथलाई भारतले आफ्नो दावी गर्नसक्छ ।

पृथ्वीनारायण शाहले ठूलो दुखले आर्जेको मुलुक हो नेपाल तर आज उनका सन्ततीहरुलाई शासन सत्ताबाट हटाएर भारतको इसारामा दलका नेताहरुले मुलुकलाई भेडाको मासु भाग लगाए जसरी भाग लगाउँदै छन् । तसर्थ जनताको हस्तक्षेप जरुरी भइसक्यो ।

(भुजेल गोर्खा ब्रिटिस सेनाका अवकाश प्राप्त इन्जिनियर हुन्)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.