कोरोनाको औषधि छर्किने भन्ने हल्ला मात्र भएको सेनाको पुष्टि

रिपोर्ट नेपाल | 2020 Mar 21 | 06:59 pm 1900

काठमाडौं, चैत ८: सामाजिक सञ्जालमा कोरोना भाइरस विरूद्ध सेनाले हेलिकोप्टर मार्फत किटनाशक औषधि छर्किंने भन्ने हल्लामा सत्यता नरहेको नेपाली सेनाले जनाएको छ ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् ।

आकाश बाट औषधि छर्किएर कोरोना भाइरस नियन्त्रण हुने कुनै विधि पत्ता नलागेको हल्लामा भनिएको जस्तो गतिविधि नहुने सेनाले स्पष्ट पारेको छ ।

‘आज राति १२ बजेपछि सैन्य हेलिकप्टरले कोरोना विरूद्ध औषधि आकाशबाट छर्कने’ भनी सामाजिक सञ्जालमा अपवाह फैलाइएको थियो ।यस्ता हल्लाको पछि नलाग्न समेत सेनाले आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारी विश्व भर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ ।

यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र दोषीलाई पक्राउ गरी कारबाही गरिने प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.