कोरोना संक्रमणबाट एकै घरका तीन जनाको मृत्यु

| 2021 May 14 | 07:57 am 2501

दाङ, बैशाख ३१ः जिल्लाकाे गढवा गाउँपालिका–४ स्थित एक घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।मुस्लिम समुदायका ५३ वर्षीय अब्दुल कलामको मृत्यु भएपछि उनको अन्तिम संस्कारमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन नसक्दा थप दुई जनाको मृत्यु भएको पाइएको छ ।

अब्दुलको मृत्युपछि उनका भाइ ४१ वर्षीय मोहमद उमरले धार्मिक संस्कारअनुसार अन्त्येष्टि गरेको जानकारी दिँदै दाङ क्षेत्र नम्बर १ (१) का प्रदेशसभा सदस्य इन्द्रजित चौधरीले त्यसकै कारण उनको पनि संक्रमण भएर मृत्यु भएको बताए ।

मृत्यु भएपछि उनका छोरा २८ वर्षीय मोहमद रज्जाकले पनि धार्मिक संस्कारअनुसार बुबाको अन्त्येष्टि गरे । ‘उनी पनि संक्रमित भएको खबर पाएपछि तत्काल कोरोना अस्पताल बेलझुण्डी पठाइएको थियो तर विडम्बनाको उनको पनि त्यही निधन भयो ।’ –प्रदेशसभा सदस्य थारूले भने ।

कोरोना संक्रमणका कारण दुई दाजुभाइको मृत्यु भएपछि एकमात्र छोरा रज्जाकलाई बचाउन धेरै प्रयास गरे पनि नसकिएको उनले जानकारी दिए । ग्रामीण क्षेत्रमा नियमित जाँच नभए पनि कोरोना संक्रमण पुष्टि भइसकेपछि पनि मृतकको अन्त्येष्टिमा सतर्कता अपनाउन नसक्दा यस्तो दुर्घटना भएको प्रदेशसभा सदस्य थारूले बताए । नेपाल समाचारपत्रबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.