कोरोना भाइरसका कारण सर्वोच्चमा पुनः गतिरोध उत्पन्न

रिपोर्ट नेपाल | 2020 Aug 09 | 07:58 am 1859

काठमाडौं, साउन २५ः लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा

काठमाडौं, साउन २५ः लकडाउनको अन्त्यपछि गति लिएको सर्वोच्च अदालतमा एक जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ ।

यही साउन ७ गतेदेखि मुद्दाको सुनुवाइ गर्ने क्रमले तीव्रता लिएको भए पनि सर्वोच्चमा कार्यरत एक जना कर्मचारीमा संक्रमण भेटिएपछि उक्त कार्यमा पुनः गतिरोध उत्पन्न भएको हो ।

आइतबारका लागि सुनुवाइ गर्न भनी गत साता नै ५८ थान मुद्दा तय गरिएको थियो । कोरोना भाइरसको संक्रमण देखिएपछि ती सबै मुद्दाको सुनुवाइ अव नहुने भएको छ । सर्वोच्च अदालतका अनुसार ती सबै मुद्दाको सुनुवाइ स्थगित गर्ने निर्णय भएको र सो निर्णय आज सुनाइने भएको छ ।

सर्वोच्च अदालतमा कार्यरत कर्मचारीमध्ये १ सय ८० जनाको कोरोना भाइरसको परीक्षण गरिएको थियो । त्यसमध्ये केहीको रिपोर्ट आउँदा १ जनामा पोजेटिभ देखिएको सर्वोच्चले जनाएको छ । त्यसपछि मुद्दाको सुनुवाइ रोक्नुपरेको बताइएको छ ।

आइतबार सुनुवाइका लागि तोकिएका विषयमध्ये झन्डै १७ थान रिट र बाँकी फौजदारी मुद्दा थिए । यस्तै सोमबारका लागि ३७ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो । ती मुद्दा पनि सबै स्थगित गरिएका छन् । यसै गरी मंगलबारका लागि ५८, बुधबारका लागि ४७, बिहीबारका लागि ४५ र शुक्रबारका लागि पनि ४५ थान मुद्दा बहस गर्नका लागि तोकिएको थियो । सर्वोच्चले यो साताभरि नै ती मुद्दाको सुनुवाइ नगर्ने भएको छ । ती सबै मुद्दा सम्बन्धित दिनमा स्थगित भएको जानकारी दिइने भएको छ ।

हरेक दिनमा थुनुवाको मुद्दा पनि उल्लेख्य संख्यामा रहेका थिए । त्यस्ता मुद्दाको पनि सुनुवाइ नहुने भएको छ । कानुनमा सुनुवाइ गर्दा थुनुवाको मुद्दालाई प्राथमिकता दिनुपर्ने उल्लेख छ । सर्वोच्चले अव बन्दी प्रत्यक्षीकरण, अन्तरिम आदेशलगायतका विषयको मात्र सुनुवाइ गर्ने भएको छ । नेपाल समाचारपत्रबाट

को संक्रमण भेटिएपछि पुनः गतिरोध उत्पन्न भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.