कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

रिपोर्ट नेपाल | 2020 Oct 21 | 07:42 am 2217

काठमाडौं, कात्तिक ५ः कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र निन्दा भइरहेको बेला सरकारले भने नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार सो कदम चालिएको दाबी गरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार उक्त कदम चालिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाइ छ ।

स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै भनेका छन्, गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरूका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदम चालिएका हुन् ।

सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सशुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनको भनाइ छ ।

स्वास्थ्यमन्त्री ढकालले महामारीको सुरुवाती दिनदेखि नै कोभिड–१९ को परीक्षण तथा उपचार निःशुल्क गरिँदै आएकामा नागरिक तथा निजी क्षेत्रको चाहना र मागअनुसार निजी क्षेत्रबाट सञ्चालित प्रयोगशाला र अस्पतालमा कोभिडको परीक्षण तथा उपचार भइरहेको बताए । राजधानी दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.