कोभिडकाे आतंकमा राष्ट्रिय बाणिज्य बैंकको रक्तदान

| 2022 Jan 19 | 01:21 pm 4285

काठमाडौं, माघ ५ः कोभिड १९ को तेस्रो लहरले आतंक फैलाईरहेका समयमा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले रक्तदान जस्तो पवित्र कार्य गरेको छ । बैंकको ५७औं बार्षिकोत्सवका अवसरमा बैंकले रक्तदान गरेको हो ।

No description available.

रक्तदान उपसमितिकी संयोजक सरस्वती अधिकारीका अनुसार बैंकको सामाजिक उत्तरदायित्व अनुसार रक्तदान गरिएको हो । संयोजक अधिकारीले कोभिड १९ दिन प्रतिदिन बढ्दै गएको र रक्त संचार केन्द्रमा रगतको अभावले कसैको ज्यान जान नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम राखिएको बताइन् ।

बैंकको डिसिओ कविराज अधिकारीले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । बैंकिङ कार्यका लागि केन्द्रीय कार्यालय सिंहदरबार पुगेका गुल्मी इस्मा गाउँपालिका अमरपुरका नेपाली कांग्रेस क्षेत्रिय प्रतिनिधि तथा नेविसंघ गुल्मीका सदस्य ओम प्रसाद भण्डारी (अमृत) ले पनि रक्तदान गरेका छन् ।

No description available.

रक्तदान पछि रिपोर्ट नेपालसँग कुरा गर्दै आफू गुल्मेली भन्दा पनि नेपाली भएको र आफ्नो खेर जाने रगतले कुनै नेपालीको ज्यान बच्छ भने किन यस्तो पवित्र कार्यमा सरिक नहुने भनेर रक्तदान गरेको बताए । उनले यस्तो पवित्र कार्यमा सरिक हुने मौका प्रदान गर्ने राष्ट्रिय बाणिज्य बैंक परिवारलाई धन्यवाद दिएका छन् ।

रक्तदातालाई बैंकका संचालक समितिका अध्यक्ष बलराम पाठक, प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र रक्तदान उप समितिकी संयोजक सरस्वती अधिकारीको हस्ताक्षरीत प्रमाणपत्र प्रदान गरिएको थियो भने मायाको चिनोको रुपमा ज्याकेट दिइएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.