कैलालीमा बस दुर्घटना ९ घाइते

रिपोर्ट नेपाल | 2019 Jul 15 | 02:36 pm 2101

कैलाली, असार ३०:  कैलालीकाे जंगलमा बस दुर्घटना हुदा ९ जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको बर्दागोरिया गाउँपालिका वडा नम्बर ४ मा पर्ने जंगलमा बस दुर्घटना हुँदा ९ जना समान्य घाईते भएको प्रहरीले जानकारी दिए ।

महेन्द्रनगरबाट बुटवल जादै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटनामा परेकाे ईलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी नीरिक्षक यक्ष राज जोशीले बताए।

दुर्घटनामा घाईते ७ जनाको घोडाघोडी अस्पताल र २ जनाको मुढामा उपचार भइरहेको प्रहरीले जनाएको छ। रड भाँचिदा बस दुर्घटनामा परेको अनुमान गरिएको छ । चालकलाई भने ईलाका प्रहरी कार्यालय बौनियाले नियन्त्रणमा लिइएको बताइएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.