कैलाली क्षेत्र नं‌ ३ मा नागरिक उन्मुक्ति पार्टीले क्लीन स्वीप

| 2022 Nov 23 | 01:00 pm 1377

कैलाली, मंसिर ७ : नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं‌ ३ मा क्लीन स्वीप गरेको छ। प्रनिधिसभातर्फ गंगा चौधरी विजयी हुँदा बुधबार अन्तिम मतपरिणामअनुसार सुदुरपश्चिम प्रदेशसभातर्फ दुवै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ।

नागरिक उन्मुक्तिका उम्म्दवार घनश्याम चौधरी १३ हजार ९३३ मतसहित ३(१) मा विजयी हुँदा ३(२)मा खुसीराम चौधरी ७ हजार ५३९ मतसहित विजयी भएका छन्।

घनश्यामका प्रतिद्वन्द्वी कांग्रेसका खेमराज थारुले ११ हजार ५७२ मत ल्याए भने खुसीरामका प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमरबहादुर साउदले ६६१९ मत ल्याए।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभातर्फ अझै चार ठाउँमा अग्रता लिएको छ। बर्दिया क्षेत्र नं २(१)मा लोकगायक दर्पण कुशम्या (प्रदेशी)ले अग्रता लिएका छन्। उनले ५ हजार ९२ मतसहित अग्रता लिएका हुन्।

दोस्रोमा कांग्रेसका जन्मजय तिमिल्सिनाले ४२९६ मत पाएका छन् भने तेस्रोमा एमालेका लहानु थारु २०८१ मत ल्याएका छन्। त्यस्तै कैलाली १ को दुवैतर्फ अग्रता लिएको छ। १(१)मा कैलाश चौधरी ५५२९ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा माओवादीका दिर्घराज बिनाडी ३९०४ मत ल्याएका छन्।

त्यस्तै १(२)मा लक्ष्मण किशोर चौधरी ३६२६ मतसहित अग्रस्थानमा छन्। दोस्रोमा कांग्रेसका रणबहादुर रावल ३४४३ मत ल्याएका छन्। त्यस्तै २(२)मा रामेश्वर चौधरीले अग्रता लिएका छन्। उनी ४०९० मतसहित अग्रता लिएका हुन्। २(१)मा रतनबहादुर थापाले अग्रता लिए पनि अहिले झिनो मतले पछि परेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.