केपी ओली कप आजबाट

| 2023 Feb 23 | 08:10 am 2181

काठमाडाैं, फागुन ११ः केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप प्रतियोगिता आज बिहिबारबाट सुरु हुँदैछ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने उद्घाटन खेलमा सहिद स्मारक ‘ए’ डिभिजन लिगका दुई प्रतिद्वन्दी नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। खेल दिउँसो ३ बजे सुरु हुनेछ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका ७ र एक आयोजक टोली केपी ओली एफसी गरी ८ टिमले प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको फाइनल बाहेक सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ।

यस प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख रुपैयाँ नगद तथा उपविजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन्। खेल फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। नागरिक दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.