रामेछाप, कात्तिक २५ : रामेछाप मन्थली नगरपालिका–७, भटौलीमा केटीको विषयमा विवाद हुँदा दुई समूहबीच झडप भएको छ । स्थानीय युवतीलाई भगाएर विवाह गरेको विषयमा दुई पक्षबीचकाे विवादले उग्र रूप लिँदा झडप भएको हो ।
झडपमा परि ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार धेरैको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेका हुनाले सबैको अवस्था अवस्था गम्भीर रहेको रामेछाप प्रहरीका प्रवक्ता शेख अदालतले बताए ।
घाइते हुनेहरूमा सन्तोष माझी, पूर्णबहादुर माझी, समीर माझी, मिलन माझी, सन्तोष माझी र खेमबहादुर माझी, सोममाया माझी, चन्द्रमाया माझी छन् । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते मध्ये धेरैको टाउकोमा चोट लागेको छ । घाइते सबैलाई उपचारका लागि काठमाडौंस्थित नर्भिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
घटनापछि बलबहादुर माझी, चित्रे माझी, दिलीप माझी, भक्तवहादुर माझी, बमबहादुर माझी, जय माझी, सोमबहादुर माझी र विष्णु माझीलाई पक्राउ गरेको छ ।