के डिआईजी ज्ञवाली अवैध हुन् त !

रिपोर्ट नेपाल | 2023 Feb 28 | 06:01 pm 6381

काठमाडौं, फागुन १६ः नेपाल प्रहरीमा अबको २४ दिनपछि नयाँ नेतृत्व आउँदै छ । शैलेस थापा र हरीपालको समय बहेक नेतृत्व परिवर्तन गर्ने समयमा एकले अर्काको उछितो काढ्ने काम प्रहरी भित्र भइरहेको देखिन्छ । केही दिन अघि अतिरिक्त महानिरीक्षक बन्न रोक्ने कार्यका लागि अशोक सिंह माथी एउटा समुह हात धोएर लागेका कारण अन्तत सिंहले सेवाबाट राजिनामा दिएका छन् ।

पछिल्लो समय त्यो रोग श्यामलाल ज्ञवालीमाथी थोपारिएको छ । डिआईजी ज्ञवाली माथी नागरिकता शैक्षिक प्रमाणपत्रको इस्यु देखाएर हौवा पिटाइएको छ ।

२०४१ साल चैत २१ गते प्यूठानबाट नागरिकता लिदा उनको उमेर १७ वर्ष उल्लेख गरिएको छ । ज्ञवाली २०४२ साल चैत्र २० गते सम्म १७ वर्षकै गणनामा पर्ने कुरालाई बङ्गाएर भ्रमित कु–प्रचार गरिएको छ । प्रहरीको सबै भन्दा सर्वोत्कृष्ठ चिज भनेको प्रहरी ऐन तथा नियमावली हो भन्ने कुरा राम्रोसँग बुझेका केही प्रहरीका माथिल्ला निकायका ऐजेरुले हौवा पिटाएका हुन् ।

यसरी संगठन भित्र रहेका गोप्य कागजात कहाँबाट कसले मिडियामा पुर्याएको विषयमा नेतृत्व मौन देखिनुले प्रहरीमा चेन अफ कमाण्डको खडेरी परेको प्रष्ट हुन्छ । प्रहरीमा यस अघि पनि एकले अर्काको बदनाम गराउने खेल नभएको होइन । अशोक सिंह पछि खेदो खन्नेमा परेका डिआइजी श्यामलाल ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा प्रहरी नियमावली प्रष्ट बोलेको छ ।

प्रहरी नियमावलीलाई बङ्गाएर व्याख्या गर्नेहरुले आफ्नो निहित स्वार्थको लागि संगठनलाई कमजोर बनाएर मिडियाका ढोका चाहार्ने गरेको प्रहरीका अधिकृतहरु बताउँछन् ।
यस्तो छ नियमावलीमाः

No description available.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.