कृषिमा ६४ अर्ब ८० करोड विनियोजन

रिपोर्ट नेपाल | 2019 May 29 | 05:04 pm 2073

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ मा कृषि क्षेत्रका लागि ६४ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षमा कृषिलाई आधुनिक, विशिष्टिकृत र व्यवासायीकरण बनाइने बताउँदै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड विनियोजन गरेका छन्।

आलु, प्याज, अण्डा, मासु, तरकारी, प्रमुख खाद्यान्नवालीमा मुलुकलाई आत्मनिर्भर बनाएर करार खेती, मलमा ५० प्रतिशत अनुदानलगायतको सुविधा प्रदान गरिने अर्थमन्त्री खतिवडाले घोषणा गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.