कुलेखानी जलविद्युत आयोजनाको जलाशय भरियाे

रिपोर्ट नेपाल | 2019 Jul 15 | 10:52 am 1959

काठमाडौं, असार ३०:  लगातारकाे अविरल वर्षाका कारण देशभरकाे जनजिवन प्रभावित भइरहेकाे छ ।

धेरै वर्षाका कारण कुलेखानी जलविद्युत आयोजनाको जलाशयको भरिन लागेको छ ।  जलाशयमा पानीको सतह १ हजार ५ सय २५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ ।

त्यस क्षेत्रमा धेरै वर्षा भएका कारण आइतबार राति एक्कासी ५ मिटर पानीको सहत बढेको हो।

जलाशयको क्षमता १ हजार ५ सय ३० मिटर हो। तर, २०७२ को भूकम्पले ड्याम चर्किएको कारणले गर्दा १ हजार ५ सय २७ मिटर मात्रै संकलन गर्ने सुझाव दिएको छ।अहिले प्रतिघण्टा ६० सेन्टिमिटरले पानी थपिदै गएकोआयोजनाले जनाएको छ।

विद्युत प्राधिकरणले सोमबार बिहानै सूचना जारी गरेर ड्याम खोल्ने तयारीमा रहेकले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन जानकारी दिएको छ। पानी खपत गर्नका लागि अहिले कुलेखानीका दुईवटै आयोजना संचालन ल्याइएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.