कुटपीटबाट बैतडीमा एकजनाको मृत्यु

| 2020 Oct 27 | 08:29 pm 1940

बैतडी, कात्तिक ११ः कुटपीटबाट बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ३ डुङरीका ३२ बर्षीय कमलबहादुर साउँद रहेको प्रहरीले जनाएको छ । उनलाई स्थानीय विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दले मदिरा सेवन गरे यही असोज ९ गते राती कुटपीट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कुटपीट भएलगत्तै साउँदलाई उपचारका लागि धनगढी पठाएको र धनगढीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर पठाएको थियो । साउँदको कोहलपुर नपुग्दै सोमबार बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ ।

कुटपीटमा संलग्न भनिएका विरेन्द्र चन्द र ज्ञानेन्द्र चन्दलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । उनले भने, घटनाका बारेमा थप अनुसन्धान गर्न म आँफै घटनास्थल जाँदैछु । घटनाका कसरी भयो भन्ने बिषयमा थप अनुसन्धान पछि मात्रै थाहा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.