गुल्मी, असाेज १२: जिल्लाकाे कालीगण्डकी गाउँपालिकामा कुटपिटहुँदा एक जना वृद्धको ज्यान गएको छ। ज्यान जानेमा कालीगण्डकी गाउँपालिका वडा नम्बर ६ खडकोटका ६४ वर्षीय दुर्गादत्त ढकाल रहेका छन् ।
उनलाई स्थानीय ४५ वर्षीय टोपबहादुर सार्कीले कुटपिट गर्दा ढकालकाे ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिए ।
जिप्रका गुल्मीका प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले दिएका जानकारी अनुसार कुटपिट गर्ने सार्कीलाई प्रक्राउ गरीएको बताए ।
मृतककाे शवलाई पोष्टमार्टमका लागि पाल्पा लैजाने तयारी भइरहेको जानकारी दिए। घलेका अनुसार उनीहरुको पहिले देखिनै आपसी विवाद रहदै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाए । पक्राउ गरेका सार्कीलाई कर्तब्य ज्यान सम्बन्धी मुद्धा दर्ता गर्ने तयारी भएको घलेले बताए।