कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 02 | 10:09 am 3832

रोल्पा, साउन १८ः जिल्लाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई प्रहरी कार्यालय रोल्पाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।

सोही स्थानका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा लुटेपाट गरेको आरोपमा कुटपिट गर्दा उनको मुत्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

आरोपित बस्नेतले पाँच हजार र घडी लुटेको टेकबहादुर बस्नेतले बताएका छन् । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कुटपिटबाट गम्भीर घाइते बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सिफारिस गरेपछि थप उपचारका लागि लैजाने क्रममा शनिबार बाटैमा मृत्यु भएको थियो ।

उक्त घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.