कुटपिट गरेको अभियोगमा राउत पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 19 | 04:20 pm 1970

धनुषा, चैत्र ५ : छिमेकीलाई कुटपिट गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–८ का २७ बर्षीय शत्रुधन राउत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी उनले सोही स्थानका ५० वर्षीय रामविलाश राउत कुर्मीलाई काठको चिर्पटले टाउकोमा प्रहार गरी कुटपिट गरेका थिए।

कुटपिटबाट घाइते भएका रामविलाशको ओम दिर्घायू अस्पताल जनकपुरमा उपचार भइरहेको छ । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.