काठमाडाैं, जेठ १२: आइतबार राति कोटेश्वरबाट सातजना विप्लव कार्यकर्ता प्रहरीले पक्राउ गरेका छन्। राजधानीका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोट र शंकापद वस्तु भेटिरहेका बेला सातजना विप्लव कार्य कर्ता पक्राउ परेका हुन् । गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम ७ जनालाई पक्राउ गरेको छ । साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुको नाम भने खुलेको छैन।
आइतबार साँझ सुकेधारा र अनामनगरको कट्टेकुलोमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।प्रहरीले सबै विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेताले गरेको आशंका प्रहरीको छ। पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।