कीर्तिपुर बर्न अस्पतालबाट हातको शल्यक्रियापछि डिस्चार्ज भए चन्द्र भण्डारी

| 2023 Aug 18 | 06:05 pm 3005

काठमाडौं, भदाै १ ।  नेपाली कांग्रेसका नेता तथा संघीय सांसद चन्द्र भण्डारी कीर्तिपुर बर्न अस्पतालबाट डिस्चार्ज भएका छन्। बुधबार कीर्तिपुरस्थित अस्पतालमा भर्ना भएका भण्डारीको हातको पहाडिको भागको शल्यक्रिया गरिएको थियो।

डा.भण्डारीको शल्यक्रिया डा. तिमोथी स्प्रौलसँगै प्रा.डा.बीडी झा,प्रा.डा.शंकरमान राईसहितको टोलीले गरेको थियो। अमेरिकीमूलका चिकित्सक तिमोथी भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाटआएका थिए।

आफ्नै निवासमा गत फागुन ३ गते राति ग्यास आगलागीबाट  घाइते भएका सांसद भण्डारीको सुरुमा कीर्तिपुर बर्न सेन्टरमा पछि भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा दुई महिना लामो उपचार गराइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.