किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छः प्रमुख अतिथि चौधरी

रिपोर्ट नेपाल | 2023 Jan 09 | 06:11 pm 1561

  • महेश सिंह

सिरहा, पुस २५ः सिरहाको लहान नगरपालिका १३ स्थित संचालनमा रहेको साना किसान कृषि सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष अनिल कुमार साहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा भुपु मधेस प्रदेशका प्रदेश सभा सदस्य लगन लाल चौधरी कार्यक्रमको प्रमुख अतिथि रहेका थियए भने बिशिस्ट अतिथिमा लहान नगरपालिकाको प्रबक्ता रमेश गौतम सुदिप साह, अतिथिहरुमा लहान १५ का अध्यक्ष तेज नारायण चौधरी, लहान १३ वाडा अध्यक्ष मनोज कोइराला, वडा सदस्य कृष्ण महतो लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो।

No description available.

संस्थाले बर्ष भरीमा गर्ने क्रियाकलापहरुको लेखा जोखा गर्न अगामी कार्यको अनुमोदन गरेका हुन्। नेपाल कृषि प्रधान देश प्रधान देश भए पनि किसानहरु आत्म निर्भर हुन नसकेको अवस्था रहेको छ।

प्रमुख अतिथि चौधरीका अनुसार किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको भन्दै कोरोनाको कहरमा पनि सिरहाका अधिकांश ऋण सहकारी संस्था र कृषि संस्थाले किसानहरुको ऋण उपलब्ध गराउन नसक्दा किसानहरु मार्कामा परेका थिए । किसानले उत्पादन गरेका उपजलाई उचित मुल्य र बजारीकरण हुनुपर्नेमा जोड दिएका थिए। किसानको आर्थिक र सांस्कृतिक अवस्था स्तर उन्नति गराउन स्थानीय सरकार र कृषि संस्थाहरुको दाइत्व रहेको बताए।

संस्थाको लगानी १३०३५४३ र बैंक ऋण २०००००० रहेको छ भने अनुदान रकम ३३०७५४५ जम्मा ६६१५०८६ रहेका छन्। संस्थाको खुद मुनाफा १६३६५३५.९८ रहेको संस्थाको अध्यक्ष साहले बताए। कार्यक्रमको संचालन सुर्य नारायण रामले गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.