बुटवल, असोज २५ : रुपन्देहीमा चरंगेमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । रुपन्देही देवदह नगरपालिका-१० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापालाई जंगलमा लगि बलात्कार गरेको आरोप पक्राउ गरेको हो ।
गत मंगलबार बेलुका ८ मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
पक्राउ परेका उदय काठको काम गर्छन् भने कृष्ण गाडी स्टाफ हुन् । किशोरी चिनजानकै भएको खुलेको छ ।