-
शंकर रिखाम मगर
उदयपुर, चैत ९ः उदयपुरको रौतामाई गाउँपालिकाको वडा नम्वर ६ चिसापानी र ताप्ली गाउँपालिकाको वडा नम्वर ५ रुपाटरमा जाल्पा एकीकृत विकास समाज उदयपुरको आयोजना तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा २ दिने जीवन उपयोगी सीप तालिम सम्पन्न भएको छ ।

उमेर सुहाउदो जीवन उपयोगी सीप तालिममा स्वसचेतना, अन्तर वैयक्तिक सीप, शुरक्षात्मक सीप र सामाजिक उत्तरदायित्वको बारेमा विस्तृत जानकारी गराउदै विभिन्न किसिमका स्वास्थ्य सरसफाइ सम्वन्धी छलफल सहित हिंसा भनेको के हो ? हिंसा कसरी हुन्छ ? साइवर अपराध के हो ? अन लाइन जोखिम किन हुन्छ ? भन्ने बारेमा खेल गितहरुको माध्यमबाट तालिममा सहभागिहरुलाई सिकाइएको थियो ।

ताप्ली गाउँपालिका वडा नम्वर ५ रुपाटार स्थित सन्चालित तालिममा लिम्पाटार, लेखगाउँ, इनामे, तावाश्री, ओख्ले र रुपाटार गरि ६ क्षेत्रका १६ जना किशोरी र ३ जना किशोर गरि जम्मा १९ जनाले सहभागिता जनाएका थिए, भने रौतामाई गाउँपालिका वडा नम्वर ६ चिसापनी स्थित रौतामाइको १ देखि ८ वडाहरु र त्रीयुगा नगरपालिका वडा नम्वर १५ सहित लिम्चुङवुङ गाउँपालिका वडा नम्वर ५ आरसी र रुपान्तरण कक्षा साथी सहजकर्ता गरि १८ जना किशोरिहरुले तालिममा सहभागिता जनाएका थिए ।

रौतामाई र ताप्ली गरि ३७ जना किशोर किशोरिहरुले सहभागीता जनाएका थिए । उक्त २ दिने तालिममा मनिता कार्की र अनिता कुमारि कार्किले सहजिकरण गरेका थिए ।
साना साना बालिकाहरु माथी हुने यौन शोषण र दुर्व्यवहार हुनबाट कसरी बचाउन सकिन्छ, गुट टच र व्याड टचको बारेमा वर्ल्ड भिजन इन्टरनेशनलका प्रतिनिधि आनन्द खड्काले प्रष्ट पारिदिएका थिए ।

जीवन उपयोगी सीप तालिम खेल तथा गितको माध्यमबाट नवुझेका नयाँ व्यवहारिक कुराहरु सिक्न पाउँदा अतिनै खुशी लागेको र गाउँमा गएर तालिममा सिकेका कुराहरु व्यवहारमा ल्याउने सहभागिको तर्फबाट रिता कार्की र वृहस्पति राइले प्रतिवद्धता गरेका छन् ।
उक्त २ दिने तालिम जाल्पा एकिकृत विकास समाज उदयपुरमा कार्यरत फिल्ड परिचालक केशव राना मगरले सन्चालन गरेका थिए भने वर्ल्ड भिजन इन्टरनेशन नेपालका प्रतिनिधि आनन्द खड्काले तालिमको उद्देश्य बारेमा प्रष्ट पार्दै जाल्पा एकीकृत विकास समाज उदयपुरका कार्य समिती सदस्य सदस्य शंकर रिखाम मगरले समापन गरेका थिए ।