किम-ट्रम्प दोस्रो भेटवार्ता भियतनाममा हुने

रिपोर्ट नेपाल | 2019 Feb 06 | 03:14 pm 2240

काठमाडौं, माघ २३ :अमेरिकी राष्ट्रति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच दोश्रो भेट फेब्रुअरी २७ मा हुनेभएको छ । सिंगापुर वार्तापछि सबैभन्दा प्रतिक्षा गरिएको दोश्रो भेट भियतनाममा फ्रेब्रुअरी २७ र २८ हुने तय भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले स्वयं भेटको बारे जानकारी गरएका हुन् । दुई नेताबीच गत वर्षको जुन महिनामा पहिलो शिखर बैठक सिंगापुरमा भएको थियो । ट्रम्पले बैठकमा सम्बोधन गर्दै आफू अमेरिकाको राष्ट्रपति नभएको भए अहिले उत्तर कोरियासँग युद्ध भइरहेको हुने बताएका थिए ।

यसअघिको भेटमा कोरियाली प्रायद्वीपमा परमाणु हतियार मुक्त गर्ने र त्यसका लागि उत्तर कोरियालीले हतियार प्रयोग र परीक्षण बन्द गर्ने सहमति भएको थियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.