किन हुँदैन इन्सपेक्टरको सरुवा ?

रिपोर्ट नेपाल | 2023 Jun 26 | 06:26 pm 22973

काठमाडौं, असार ११ । नेपाल प्रहरीमा लामो समयदेखि प्रहरी निरीक्षक (इन्सपेक्टर) को सरुवा हुन सकेको छैन ।

पहुँच भएका इन्सपेक्टर पावर र पैसाको भरमा काज सरुवा भएपनि हजार भन्दा बढी पहाडी जिल्लामा सरुवाको दिन गन्ती गर्दै बस्न बाध्य भएका छन् । पूर्व महानिरीक्षक धिरज प्रताप सिंहले सेवा निवृत्त हुनु अघि आफ्ना नजिकका इन्सपेक्टरलाई छानी छानी मालदार ठाँउमा काज सरुवा गरेका थिए ।

वर्तमान महानिरीक्षक वसन्त बहादुर कुँवर संगठनमा आएपछि तुरुन्तै न्याय पाउने आशामा बसेका पीडित इन्सपेक्टर फेरी निरास बनेका छन् । धिरज प्रताप सिंहले काज गरेमध्येका कतिपय इन्सपेक्टर पटक पटक इन्चार्ज पाएका छन् । पहाडी जिल्लामा बसेर केवल संगठनको निति निर्देशनमा अहोरात्र खटेका इन्सपेक्टरलाई वर्तमान प्रहरी नेतृत्वले न्याय दिनुपर्ने आवाज प्रहरी संगठन भित्र तिब्र गतिले उठेको छ ।

आइतबार गृहमन्त्री नारायणकाजी श्रेष्ठले सदनमा जवान देखि हवल्दारको पीडाका विषयमा दिएको अभिव्यक्तिको चौतर्फी प्रशंसा भइरहेको बेला गृहमन्त्री श्रेष्ठले अन्य दर्जाका कर्मचारीको सरुवा बढुवामा हुने गरेको अन्याय पनि हेर्नुपर्ने प्रहरी अधिकृतको भनाई रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.